free website hit counter

बीमाको लोभमा आफ्नै गाडीमा आगजनी

beemaadmin
२०७९ फाल्गुन २, मंगलवार

काठमाडौं । बर्दियाका चालक रामु चौधरीले बीमा दावी गर्ने मनासयले आफै गाडीमा आगो लगाएका छन् । गाडी मर्मत गर्न बढी रकम लाग्ने भएपछि निज चालकले आफ्नो फोर्स गाडीमा आगो लगाएका पुष्टि भएको छ । फागुन १ गते बिहान करिब २ बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका(०४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा तत्काल एकिन नम्बर खुल्न नआएको पछि खुल्न आएको लु २ ख २०८४ नम्बरको सेतो रंगको फोर्स गाडी आगलागी भएको जानकारी पाएपछि प्रहरी कार्यालय ढोढरी बर्दियाको टोली घटनास्थलमा पुगेको थियो । उक्त घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आगलागी भई पुर्ण रुपमा जली नष्ट भएको अवस्थामा रहेको प्रहरी कार्यालयले जनाएको छ । र, घटनास्थलमा कुनै पनि व्यक्ति नरहेको सो घटनाको अनुसन्धान गर्ने क्रममा उक्त सवारी साधनको चालक जिल्ला बर्दिया मधुबन नगरपालिका(०२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्यो । सोधपुछको क्रममा चालक चौधरीले गत माघ २० गते उक्त फोर्स गाडी बिग्रिएकोले मर्मतको लागी ग्यारेजमा लगेका बताए । तर मर्मत गर्न बढी रकम लाग्ने भएपछि उनले गाडीमा आगो लगाई बीमा दाबी गर्ने मनसायले माघ २९ गते राती करिब ८ बजेको समयमा छुट्टै जिपद्वारा टोचन लगाई जिल्ला बर्दिया मधुबन नगरपालिका(०४ बसन्ता स्थित एकान्त जँगल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सड्कको पश्चिम किनारामा लगे । र, फागुन १ गते बिहान करिब २ बजेको समयमा उनले गाडीमा डिजल छर्की आगो लगाई आफ्नो घरतर्फ गएको जानकारी प्रारम्भिक अनुसान्धनबाट प्राप्त भएको प्रहरीले जनाएको छ । साथै, उक्त प्रहरीको टोलीले चालक चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार