काठमाडौं । जारी भएका तर नवीकरण नभएका इन्स्योरेन्स बीमालेखहरुका लागि पुनर्जागरण गराउन रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा अभियान थालेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको हो । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई उनीहरु र उनीहरुसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको भन्दै कम्पनीले यसै कुरालाई मध्यनजर गरी बीमालेख पुनर्जागरण अभियान संचालन गरेको जनाएको छ ।
उक्त पुनर्जागरण अभियान यही बैशाख ७ गते देखि २६ गतेसम्म सञ्चालन हुनेछ । सो अवधिमा आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गर्ने व्यवस्था गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।