free website hit counter

बीमा कम्पनीहरुको पुँजी वृद्धि हुँदै, जीवन बीमाको ५ अर्ब, निर्जिबन बीमाको २ अर्ब पुर्याइने

beemaadmin
२०७८ चैत्र ७, सोमबार

काठमाण्डौं। बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको योजना केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिका लागि योजना बनाउन सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । अहिले कार्यदलले पेस गरेको योजनामाथि बीमा समितिमा अध्ययन गर्ने काम भइरहेको बताइएको छ । यसअघि बसेको बीमा समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्तापुँजीको सीमा भने प्रस्ताव गरिसकेको छ।

जसअनुसार न्यूनतम चुक्तापुँजी जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव गरिएको छ। हाल जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ। यसअघि बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेल पनि अहिलेको अवस्थामा बीमा कम्पनीहरुको पुँजी कम रहेको बताउँदै पुँजी वृद्धि गर्नैपर्ने अवस्था आएको बताएका थिए। बीमा कम्पनीहरुको पुँजीवृद्धिका लागि हकप्रद वा मर्जरको अप्सन दिइने स्रोत बताउँछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार