free website hit counter

बीमा कम्पनीहरुलाई बीमा समितिको यस्तो निर्देशन

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

काठमाडौं । नेपाल कोरोना विरुद्धको युद्धमा छ । जसरी पनि कोरोनालाई पराजित गर्न सिंगो मुलुक लकडाउनमा छ । यतिबेला सबै पेशा व्यवसाय प्रभावित भएको छ । यही बेला बीमा समितिले बीमाशुल्क संकलन गर्ने समय बैशाखसम्म थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। यस अघि जीवन बीमा सम्बन्धी बीमाशुल्क चैत मसान्त मिलाउन निर्देशन दिएको समितिले लकडाउनको अवधि बढेसंगै बीमाशुल्क संकलन गर्ने समयावधी थप गरेको हो।
समितिले निर्देशन अनुसार उक्त अवधिका लागि व्याज नलाग्ने गरी बीमाशुल्क संकलन गर्ने निर्देशन दिएको हो। यस्तै बीमा समितिले बीमा अवधि सकिएको बीमालेखको विद्युतिय माध्यमबाट लिखित अनुरोध आएमा नविकरण गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। समितिले बिहीबार एक सकुर्लर जारी गर्दे कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिमका करण असामान्य अवस्था भएकोले उक्त व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निबेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने निर्देशन गरेको छ। यस्तै चैत महिनामा नवीकरण गर्नु पर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद पनि बैशाख मसान्तसम्म थप गरी सो वापत जरीवना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार