free website hit counter

बीमा कम्पनी तीन महिनाभन्दा बढी सीईओ विहीन हुन नपाउने

beemaadmin
२०७८ पुष २५, आईतवार

काठमाडौं । एउटा संस्था प्रमुख विहीन बनेर लामो समय बस्यो भने त्यसको प्रगतिमा कति असर पुग्छ होला ? नियामक बीमा समितिले त्यही कुरालाई ध्यान दिएर अब बीमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत सिइओ विहीन हुने समय जम्मा ३ महिना तोकिदिएको छ । सञ्चालित सबै बीमा कम्पनीहरुले ३ महिना अर्थात ९० दिनभित्र प्रमुख कार्यकारी अधिकृत )सीईओ) नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । नियामक निकाय बीमा समितिले सञ्चालित कुनै पनि जीवन तथा निर्जीवन बीमा कम्पनीको सीईओको पद खाली भएको ३ महिनाभित्रमा नयाँ सीईओ नियुक्त गरिसक्नुपर्ने जनाएको हो । समितिले हालै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७८ को पहिलो संशोधन गर्दै सो व्यवस्था गरेको हो । साथै, उक्त संशोधित निर्देशिका अनुसार कम्पनीहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारी गरी सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने छ । र, स्वीकृत भएको मितिले १५ दिनभित्रमा बीमा समिति समक्ष पेश गर्नुपर्ने छ । त्यस्तै, यो निर्देशिका तत्काल कार्यान्वयनमा ल्याइने समितिले जनाएको छ ।

सम्बन्धित समाचार