free website hit counter

बीमा जागरण अभियानमा हिमालयन लाइफ

beemaadmin
२०८० फाल्गुन १८, शुक्रबार

काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गराउने उद्देश्ले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । कम्पनीको बिर्तामोड शाखाले बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम वडा अध्यक्ष वीर बहादुर सिंह राजवंशीको प्रमुख आथित्यता तथा कम्पनीका प्रदेश उप प्रमुख नवीन मिश्रको विशिष्ट अतिथिको उपस्थिति साथै शाखा प्रमुख बद्री प्रसाद भण्डारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । एजेन्सी म्यानेजर श्रृजना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर श्याम प्रसाद रिजालले राखेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष राजवंशीले बीमा जागरण अभियानले स्थानीय निकाय तथा सर्वसाधरणलाई बीमा सम्बन्धी जनचेतना हुने साथै आगामी दिन हरुमा पनि यस्ता कार्यक्रम गर्नु पर्ने जोड दिए। उपप्रमुख भोला कृष्ण मिश्रले बीमा जागरण अभियानका लागि इन्स्योरेन्सले थालेको पहलले सर्वसाधारणलाई बीमाको दायरामा समेट्न सबै पक्षको हातेमालो जरुरी भएको बताए । कार्यक्रममा वडा सदस्य, एजेन्सी मेनेजर, स्थानीयबासीको सहभागी रहेको थियो।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार