free website hit counter

बीमा प्राधिकरणको अध्यक्षमा यस्ता छन् आकांक्षी

beemaadmin
२०८१ माघ १२, शनिबार

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक दर्जन आंकाक्षी मैदानमा देखिएका छन् । अध्यक्ष पद पूर्तिको लागि सिफारिस समितिले गत पुस २६ गते सूचना जारी गरेको थियो। प्राधिकरणको अध्यक्षका लागि कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णु वावु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठ छन् । गत मंसिर २४ गते अख्तियारले किर्ते र भ्रष्टाचारको आरोपमा तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध विदेश अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। प्राधिकरण अध्यक्ष विहीन भए सँगै अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्।

यहाँ राम्रालाई भन्दा पनि हाम्रालाई च्याप्ने प्रचलन छ । जुन क्षेत्रको विज्ञता हासिल गरेका व्यक्ति छन् उसलाई त्यही क्षेत्रको जिम्मा दिने चलन हाम्रोमा विकास भएकै छैन । आवेदन दिएका रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन् । यसैगरी डा रोका युवा स्वरोजगार कोषका पूर्वउपाध्यक्ष रहेका छन् । ओझा अध्यापन पेशामा सक्रिय छन् । चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् । उनकै अकर्मन्यताका कारण आज बीमा बजारमा बदनामी कमाई रहेको छ । उनको सनकका कारण विश्वमा कतै नभएको महामारीको बीमा गर्दा सरकार र बीमकहरुले झण्डै ११ अर्बको भार बोकिरहेका छन् भने बीमा गरेर पनि भुक्तानी पाइँदैन भन्ने मानक कोरोना बीमाले दिइरहेको छ । त्यसको मुख्य जिम्मेवार चापागाईं हुन् । यसैगरी मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्व सीईओ छन भने बुद्धकाजी श्रेष्ठ तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सका कर्मचारी रहेका छन् । यसैगरी अध्यक्षको दाबेदारी प्रस्तुत गर्ने बस्यौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक रहेका छन् । उता पौडेल नेपाल एयरलाइन्सका पूर्वमहाप्रबन्धक रहेका छन् । यसैगरी रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव रहेका छन् । हाल उनी कृषि विकास बैंकको अध्यक्ष समेत रहेका छन् । यसैगरी विक्रान्त पाण्डे नेपाल इन्स्योरेन्सका पूर्वउपमहाप्रबन्धक हुन् । नेपालमा घुम्ती बीमाको अवधारणा ल्याउने पाण्डे बीमा क्षेत्रका विज्ञ मानिन्छन् । यसैगरी, रमण नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं नागरिक लगानी कोषका पूर्वप्रमुख हुन् । उनी हाल लक्ष्मी सनराइज बैंकका अध्यक्ष छन् ।

सम्बन्धित समाचार