free website hit counter

बीमा बोर्डले हटायो २६ निजी अस्पताल र मेडिकल कलेजबाट बीमा कार्यक्रम

beemaadmin
२०८० भाद्र ९, शनिबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ। नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजसहित २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाइएको छ। स्वास्थ्य बीमा बोर्डले सार्वजनिक सूचना जारी गर्दै २६ अस्पताललाई स्वास्थ्य बीमा सेवा प्रदायक सूचीबाट हटाएको हो। स्वास्थ्य बीमा बोर्डसँग विभिन्न मितिमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २ मा भएको परिभाषा अनुसारका अस्पतालहरूले सोही ऐनको दफा ९ मा भएको व्यवस्था बमोजिम सम्झौता गरी सम्झौताको अवधि बाँकी छदै आव २०७९–०८० को बजेट बक्तव्यपश्चात सूचना टाँस गरी सेवा स्थगन गरेका स्वास्थ्य संस्थाहरू उक्त सूचीमा परेका हुन्। त्यससैगरी नेपाल सरकारको बजेट बक्तव्यले निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर आव २०७९–०८० को बजेट बक्तव्यपछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भई पुनः नविकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समय सम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रदायक संस्थाहरूको सूचिबाट हटाउने निर्णय गरिएको हो। स्वास्थ्य बीमा बोर्डको गत साउन ३२ गतेको बोर्ड बैठकले बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर, बिर्तामोड, लाइफ लाइन अस्पताल, झापा, मेची नेत्रालय, झापा, नोबेल मेडिकल कलेज, विराटनगर, विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, विराटनगर, चितवन मेडिकल कलेज, भरतपुर, नेशनल मेडिकल कलेज, वीरगञ्ज, शुभस्वस्तिक अस्पताल, बर्दिवास र नेपाल आँखा प्रतिष्ठान, भैरहवाले सेवा सूचिबाट हटाएको छ। यस्तै, राप्ती आँखा अस्पताल, दाङ, नेपालगञ्ज मेडिकल कलेज, बाँके, फत्तेवाल आँखा अस्पताल, बाँके, फुलकुमारी मेमोरियल हस्पिटल, सिरहा र सगरमाथा चौधरी आँखा अस्पताल, सिरहा, लाल रत्न अस्पताल, कैलालीलगायतका स्वास्थ्य संस्थालाई सूचिबाट हटाएको हो।

सम्बन्धित समाचार