free website hit counter

बीमा व्यवसायलाई एउटै मापदण्डभित्र ल्याइँदै

beemaadmin
२०७६ भाद्र १५, आईतवार

काठमाडौं । सरकारले बीमा कम्पनीहरुको वित्तीय विवरण एउटै मापदण्डभित्र ल्याउने तयारी थालेको छ । बीमा कम्पनीहरुले आफ्नो कम्पनीको वित्तीय, लेखा परिक्षण गराउने प्रवृत्ति अब बीमा समितिबाट गराउनुपर्ने भएको छ । बीमा समितिले देशभर सञ्चालनमा रहेको बीमा कम्पनीहरुलाई एउटै मापदण्डभित्र राखेर लेखामान विधिमार्फत काम गराउने भएको छ । अहिले बीमा कम्पनीसँग बीमा लेखा सम्बन्धी मापदण्ड नहुँदा विभिन्न बीमा कम्पनीमा लेखा विवरण राख्दै आएका थिए । बीमा कम्पनीहरुलाई एनएफआरएस मापदण्डको लेखामान विधि अनिवार्य गर्ने लागिएको समितिले जानकारी दिएको छ ।

बीमा समितिले त्यसको लागि (इ–बिडिङ) वार्षिक कार्यक्रम प्रक्रियामार्फत आउन बीमा लेखामान सम्बन्धी ज्ञान भएका परामर्शदाताहरुलाई आह्वान गरेको छ । परामर्शदाताले बिडिङ गर्दा नै योजना पेश गर्नुपर्ने भएको छ । उपयुक्त मापदण्ड पेश गर्ने योजना स्वीकृत हुने बीमा समितिले जनाएको छ । २०१९ भित्रै नसके २०२० बाट एनएफआरएस लागू गर्ने योजनामा बीमा समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार