free website hit counter

बीमा शुल्क भुक्तानीको बाटो फराकिलो

beemaadmin
२०७६ चैत्र २९, शनिबार

काठमाडौं । विश्वमा आइलागेको विषम परिस्थितिका कारण डिजिटल भुक्तानीको प्रचलन बढ्दो छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल भुक्तानी प्रणालीबाटबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने छ । कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आफ्नो बिमा शुल्क भुक्तानी गर्न सकिने छ ।
कम्पनीको शाखा उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन् । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बिमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ । नेपाल लाइफले आफ्नै सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु, ई–सेवा तथा प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेका छन् ।
त्यस्तै फोन पेमार्फत आफ्नो बैंक खाता कनेक्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बिमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार