free website hit counter

बीमा समितिको सञ्चालकमा श्रेष्ठ नियुक्त

beemaadmin
२०७६ चैत्र ७, शुक्रबार

काठमाडौं । बीमा समितिको सञ्चालकमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ नियुक्त भएका छन् । अर्थ मन्त्रालयले श्रेष्ठलाई बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक नियुक्त गरेको हो । गत फागुन १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठको नियुक्ति गर्ने निर्णय भएको श्रोतले जनाएको छ ।
श्रेष्ठलाई बीमितको तर्फबाट संचालक नियुक्त गरेको हो । यस अघि बीमितको तर्फबाट नेपाल वायुसेवा निगमका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सञ्चालक थिए । सीइओ श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकबाट चैत मसान्तदेखि अवकास पाँउदैछन् ।

सम्बन्धित समाचार