काठमाडौं । नियामक निकाय बीमा समितिले आफ्ना कर्मचारी बीमा कम्पनीहरुमा खटाएको छ । आर्थिक वर्ष सकिएको एक सातापछि समितिका कर्मचारी २० वटा बीमा कम्पनी पुगेका हुन् ।
बीमा कम्पनीहरुको विजनेशन अवस्था बुझ्न नियामक निकायले आफ्ना कर्मचारी पठाएको बुझिएको छ । समितिले कम्पनीहरुको अन साइट तथा अफ साइट निरीक्षण गर्ने गर्दछ । सोही निरीक्षणको आधारमा समितिले बीमा कम्पनीका गतिविधीलाई मूल्याङ्कन गर्दछ ।
बीमा व्यवसायलाई स्वस्थ र विश्वासिलो बनाउन समितिले विभिन्न प्रयासहरु गर्दै आएको छ । बीमा कम्पनीहरुको संख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धा बढ्ने डरले समितिको सक्रियता बढेको हो । बीमा समितिले निर्देशनहरु जारी गर्ने, आफ्ना योजना बनाउने, बिमकहरुसँग मौखिक तथा लिखित छलफल समेत गर्दै आएको छ । बीमाशुल्क निर्धारण गर्दा बीमा कम्पनीहरुले सल्भेन्सि मार्जिनको पूर्ण पालना गर्नुपर्छ ।
उक्त मार्जिन अनुसार बीमाशुल्क मार्जिन भन्दा धेरै वा थोरै हुनु हुँदैन । समितिले १ः३ को अनुपातमा गरिने बीमा कारोबारलाई स्वस्थ मान्दै आएको छ । बीमा कम्पनीहरुमा आफ्ना कर्मचारी पठाएर एउटा फिगर जम्मा गर्नेछ । सोही तथ्यांक तथा खोजीबाटै आगामी दिनमा समितिले बीमा कम्पनीहरुलाई सहजिकरण गर्नेछ । अनसाइड इन्स्पेक्सनमा गएका समितिका कर्मचारीहरुले बीमा कम्पनीको लेजर तथा सफ्टवयर अध्ययन गरी सोही अनुसारको तथ्यांक टिपोट गरेर आउने छन् ।