free website hit counter

बीमा समितिले जोखिम व्यवस्थापन मार्गदर्शन लागू गर्ने

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । जोखिम व्यवस्थापन मार्गदर्शन लागू गर्ने तयारी बीमा समिति पुगेको कुरा समितिका अध्यक्ष चिरन्जीवि चापाँगाईले बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकउत्सवको अवसरमा अध्यक्ष चापागाईले यस्तो बताएका हुन् ।

बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने चापागाईको धारणा थियो । जोखिम व्यवस्थापन गर्न मार्गदर्शन लागू गर्नको लागि बीमा समितिले सबै पूर्वाधारहरु तयार गरिसकेको र आगामी आर्थिक वर्षको साउन १ गतेदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पूँजीलाई कार्यान्वयनमा ल्याउने गरी अघि बढेको उनले बताएका थिए ।

बीमा कम्पनीहरुको जोखिम पहिचान गरिसकेको र आगामी दिनमा बीमा सल्भेन्सी १ः१.५ को अनुपातमा तुलना गरेर सबैभन्दा बढी जोखिम हुने कम्पनीको पूँजी बढाउने या कारोबारमा रोक लगाउने विकल्पमा जाने जानकारी गराए । यस्तै उनले चालु आर्थिक वर्षको असार सम्ममा बीमाको दायरा ३० प्रतिशत र कुल ग्रहस्थ उत्पादनमा ३.५ प्रतिशत योगदान पुर्याउने दाबी गरेका थिए ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार