free website hit counter

बुबाको उपहार किन्दा ३० प्रतिशत छुट

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । एनआइसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । हरेक वर्ष कुशे औंसीको दिन देशभर आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा बाबुलाई मनपर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ । सोहीअनुरुप ग्राहकहरूलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको बैंकले जनाएको छ ।

ग्राहकहरूले उक्त विशेष दिनमा सामग्री खरिद गरी यस बैंकको मोबाइल बैंङ्किङ र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नु सक्नेछन् । ग्राहक महानुभावहरूले बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्नेछन् ।

Advertisement
Advertisement

डिजिटल बैंङ्किङ क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न यस्ता योजना ल्याएदै आएको छ ।

Advertisement
Advertisement

यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंङ्किङ वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार