free website hit counter

बृहत बीमा जागरण कार्यक्रम सम्पन्न

beemaadmin
२०८० बैशाख ३१, आईतवार

काठमाडौं । २ सय २० जनाको सहभागितामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बृहत बीमा जागरण अभियान सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिवार कैलालीको अत्तरियामा सचेतना सँगै मनोरञ्जनात्मक ढङकबाट सम्पन्न भएको कम्पनीले जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार मनोज गजुरेलको प्रस्तुति रहेको थियो । विभिन्न क्षेत्रबाट २ सय ४० जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन डडेलधुरा शाखा प्रमुख गणेश साउदले गरेका थिए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि रिलायबल नेपाल लाइफका सिनियर मेनेजर युवराज शर्मा,विशिष्ट अतिथिमा प्रख्यात हास्य कलाकार मनोज गजुरेल र अतिथिहरूमा सुमना भण्डारी,हरजित नाथ,बासुदेभ भट्ट र टपर एजेन्सी नरेन्द्र महाता लगायतका रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले रिलायबल नेपालले बिमा क्षेत्रको प्रवर्द्धनका लागी नौलो कार्यको थालनी गरेको बताए । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका हास्य कलाकार गजुरेलले कार्यक्रममा सहभागीहरूलाई मनोरञ्जन सँगै बिमा सम्बन्धी सचेतनामूलक जानकारी समेत दिए । रिलायवल सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर विष्टले बीमाको महत्त्व बढाउने मेची देखी महाकाली सम्मको बृहत् बीमा जागरण अभियान सुरु गरिएको बताए । ‘यस्ता कार्यक्रमहरूबाट पनि बीमाको प्रवर्द्धन गर्न सकिने उनले बताए । देशभर नै हाम्रा कार्यक्रम सञ्चालन हुँदै छन् ।

सम्बन्धित समाचार