free website hit counter

बेइजिङमा आपतकाल घोषणा

beemaadmin
२०७८ श्रावण २, शनिबार

एजेन्सी । समाचारको शीर्षक देख्ने बित्तिके हामी सबैले सोच्छौं कोरोनाको उत्पत्तिस्थल चीनको राधजानीलाई पनि कोरोनाले आतंकित बताएछ । तर कुरो त्यस्तो होइन । चीनले राजधानी बेइजिङमा आपतकाल घोषणा गरेको छ । राजधानीका सबै पर्यटकीय स्थलहरु बन्द गरिएका छन् । यस वर्षकै सबैभन्दा भारी वर्षा हुने चेतावनीपछि प्रशासनले बेइजिङमा कडा सुरक्षा व्यवस्था लागू गरेको हो । ग्लोबल टाइम्सका अनुसार चीनमा आइतबारदेखि नै भारी वर्षा र तुफानको चेतावनी दिइएको छ । आगामी २ दिनमा ६० देखि १०० मिलमिटरसम्म वर्षा हुने सम्भावना छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा आइतबार दिउँसोदेखि २०२१ को सबैभन्दा भारी वर्षा हुने अपेक्षा गरिएको छ । यो वर्षा ३० घण्टासम्म चल्न सक्छ । बेइजिङको मौसम विज्ञान सेवाले आँधी तुफानको लागि यलो अलर्ट जारी गरेको छ । बेइजिङ ड्रेनेज ग्रुपले पम्प स्टेशन र जल संयन्त्रमा २ हजार ९ सयभन्दा धेरै कर्मचारी नियुक्त गरेको छ । राजधानीका पश्चिमी र उत्तरी क्षेत्र वर्षा र तुफानबाट सबैभन्दा धेरै प्रभावित हुनेछन् ।
पश्चिमी र उत्तरी क्षेत्रमा १०० देखि १५० मिलमिटरसम्म वर्षा हुने सम्भावना छ । पूर्वानुमानका अनुसार केही विशेष क्षेत्रमा भने वर्षा २०० देखि ३०० मिलिमिटरसम्म वर्षा हुन सक्छ । उता सिचुआन प्रान्तमा भारी वर्षा र बाढीका कारण हजारौं जनतालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनले अझै वर्षा हुन सक्ने चेतावनी दिएको छ । सिचुआनमा शुक्रबारदेखि लगातार वर्षा भइरहेको छ । सबै १४ नदीको जलस्तर निकै बढेको छ ।

सम्बन्धित समाचार