काठमाडौं । नेपालमा एक पछि अर्को संक्रमण बढिरहेको बेला राजधानीमा तीन जना आशंकित व्यक्ति अस्पताल भर्ना भएका छन् । सामान्यतया विदेशबाट आएका मानिसालाई १४ दिनको क्वारेन्टाइनमा राखिन्छ । तर विदेबाट फर्किएका २८ दीनपछि एकै परिवारका तीन जनामा कोरोना पेजेटिभ देखिएको हो । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना भएका हुन् । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ । पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको छ । अपार्टमेन्टको ए ब्लकमा बसिरहेका उनीहरु २८ दिनअघि बेलायतबाट आएको खुलेको छ । उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो । सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए बिल्डिङमा बस्ने एक परिवारको तीन जनालाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । तीनजना आशंकितलाई अस्पताल लगिएपछि प्रहरीले सनसीटी अर्पाटमेन्टमा मानिसहरुलाई भित्र बाहिर आवत जावत गर्न नदिई सिलबन्दी गरेको छ ।