free website hit counter

बेलायती प्रधानमन्त्रीलाई गर्भवती प्रेमिकाको चिन्ता

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

एजेन्सी । कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताइएको छ । ५५ वर्षीय बोरिस जोनसोनलाई कोरोनाभाइरस संक्रमित पाइएको १० दिनपछि गत आइतबार अस्पताल भर्ना गरिएको थियो ।
त्यहाँ आइसीयूमा तीन दिन बिताएपछि बिहिबार उनलाई साधारण वार्डमा सारिएको छ । उनको कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा पनि उनी आफ्नी गर्भवती प्रेमिका क्यारी साइमण्ड्ससँग लगातार सम्पर्कमा छन् र उनको गर्भवस्थाको स्क्यान प्राप्त गरिरहेका छन् । क्यारीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि क्वारेटाइनमा बसिरहेकी छिन् । बेलायती प्रधानमन्त्री अस्पतालमा फिल्म हेरेर र सुडोकु सुल्झाएर समय बिताइरहेको बताइन्छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार