free website hit counter

बेलायती प्रधानमन्त्री आइसीयूमा

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

एजेन्सी । सिंगो विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा आइसीयूमा राखिएको छ । उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी होशमा नै भएको जानकारी दिइएको छ । जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । बोरिस जोनसोनले अस्पताल भर्ना हुनु अघिसम्म प्रधानमन्त्री पदको जिम्मेवारी आइसोलेशनमा रहँदासमेत सम्हालिरहेका थिए तर अब उनले आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई हस्तान्तरण गरेका छन् । प्रधामन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती एनएचएस स्वास्थ्यकर्मी प्रधानमन्त्रीको पूर्ण प्रतिबद्धताका साथ हेरविचार गरिरहेका छन् ।

सम्बन्धित समाचार