free website hit counter

बैंकमा प्रविधिमैत्री युवालाई अवसर दिन अर्थमन्त्रीको आग्रह

beemaadmin
२०७६ माघ ८, बुधबार

काठमाडौं । कृषि विकास बैंकको ५३ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा पुराना कर्मचारीहरूको जमघटस्थल बनाउन नहुने बताएका छन् । अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरू पुरानै कर्मचारीहरूको हाली–मुहाली भएकोले त्यो किसिमको अखडा नबनाउन आग्रह गरेका हुन् । पुराना कर्मचारीहरू स्वतः प्रमोसनबाट माथि जाने तर युवालाई प्रवेश नगराउनु बैंकिङ क्षेत्रको दुर्भाग्य भएको उनको भनाइ छ । प्रविधि सम्बन्धि ज्ञान सीप भएका युवाहरूलाई अवसर दिनु पर्ने उनको भनाइ रहेको छ । पछिल्लो समय नेपाली वित्तीय बैंकिङ प्रणाली सुधार हुँदै गएको बताउँदै उनले अर्थतन्त्र उकालो लागेको समयमा स्वाँ स्वाँ गर्ने र ओरालो लागेको समयमा लडिन्छ कि भन्ने चिन्ता नमान्नु पर्ने बताए । उनले नेपालको वित्तीय क्षेत्र एशियामा नै राम्रो भएको दावीसमेत गरेका छन् ।

सम्बन्धित समाचार