free website hit counter

बैंकले कर्मचारीलाई बाँड्दैछ ७ अर्ब बोनस

beemaadmin
२०८१ बैशाख १, शनिबार

काठमाडौं । बैंकको जागिरलाई निकै आकर्षक जागिर मानिन्छ । आकर्षक तलब तथा सुविधा र वार्षिक रुपमा बाँडिने बोनसहरुकै कारण बैंकको जागिरप्रति आकर्षण बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीलाई बोनस बाँड्न करिब ७ अर्ब रुपैयाँ छुट्याएका छन् । यसमा सबैभन्दा ठूलो हिस्सा २० वटा वाणिज्य बैंकको छ । वाणिज्य बैंकले मात्र ६ अर्ब ३५ करोड २२ लाख रुपैयाँ कर्मचारी बोनसको लागि प्रोभिजन गरेका छन् । यस्तै, विकास बैंकले ४८ करोड ४७ लाख रपैयाँ छुट्याएका छन भने फाइनान्स कम्पनीले ७ करोड ४० लाख रुपैयाँ छुट्याएका छन् । यो नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्म प्रकाशित गरेको तथ्यांकमा आधारित हो । सबैभन्दा धेरै लाभांंश नबिल बैंकका कर्मचारीले पाउनेछन । त्यस्तै, दोस्रोमा ग्लोबल आइएमइ बैंकका कर्मचारी परेका छन् । यो बैंकले कर्मचारीलाई साढे ५३ करोड बोनस बाड्दैछ । पुँजीका हिसाबले पनि यी दुइ बैंक ठुला बैक हुन् । बैंक तथा वित्तीय संस्था आकर्षक तलबका साथै आकर्षक लाभांश पाइने क्षेत्र भएकाले पनि यो क्षेत्रप्रति रुचि बढ्दो छ । बैंक तथा वित्तीय संस्थामध्ये अझ बढी आकर्षण ‘क’ वर्गका वाणिज्य बैंकमा छ । वाणिज्य बैंकहरुले अन्य वित्तीय संस्थाको तुलनामा आकर्षक तलब तथा बोनस दिँदै आएका छन् ।

बोनसमा धेरै रकम खर्च गर्नेमा नबिल र ग्लोबल आइएमई अगाडि छ । नीजि क्षेत्रको तुलनामा सरकारी बैंकहरुको बोनस कम देखिन्छ । नेपाल बैंकले ११ करोड ७२ लाख ८० हजार, राष्ट्रिय वाणिज्य बैंकले २१ करोड ६३ लाख ७० हजार, नबिल बैंकले ७४ करोड ३८ लाख ७० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४४ करोड ५९ लाख ३० हजार रुपैयाँ प्रोभिजन गरेका छन भने स्ट्याण्डर्ड चाटर्ड बैंकले ३३ करोड १६ लाख ९० हजार, हिमालयन बैंकले ३२ करोड ४६ लाख ५० हजार, नेपाल एसबिआइ बैंकले १६ करोड २८ लाख ८१ हजार, एभरेष्ट बैंकले ३६ करोड ४० लाख ४० हजार, एनआइशि एशियाले ३९ करोड १३ लाख ३० हजार रुपैयाँ कर्मचारी बोनस प्रोभिजन गरेको छ । यता माछापुछ्रे बैकले २० करोड १२ लाख १० हजार, कुमारीले २९ करोड ६१ लाख ८० हजार, लक्ष्मी सनराइजले २८ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकले २७ करोड,७ लाख ६० हजार, कृषि विकास बैंकले १४ करोड ४५ लाख २० हजार रुपैयाँ, ग्लोबल आइएमइले ५३ करोड ४५ लाख १० हजार, सिटिजन्स बैकले १९ करोड ४८ लाख, प्राइमकर्मसियलले ४५ करोड ८५ लाख ४० हजार, एनएमबि ३० करोड २७ लाख ९० हजार रुपैयाँ, प्रभुले ३० करोड ३२ लाख ९० हजार र सानिमाले २५ करोड ८६ लाख ४० हजार रुपैयाँ कर्मचारी बोनस प्रोभिजन गरेका छन् ।

विकास बैंकको कस्तो छ अवस्था ?
विकास बैंकहरुमा सबैभनदा बढी बोनस छुट्याउनेमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक रहेका छन् । महालक्ष्मी विकास बैंकले ६ करोड ४६ लाख ८० हजार रुपैयाँ, सांग्रिलाले ३ करोड ४१ लाख २० हजार रुपैयाँ, मितेरीले ५७ लाख ५० हजार रुपैयाँ, मुक्तिनाथ विकास बैंकले १० करोड ४७ लाख ५० हजार र गरिमाले १० कोड ३५ लाख ३० हजार बोनसका लागि छुट्याएका छन् । यस्तै, कामना विकास बैंकले ६ करोड ५ लाख ६० हजाररुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले १९ लाख ९० हजार, ज्योति विकास बैंकले ४ करोड १२ लाख ४० हजार रुपैयाँ, लुम्बिनी विकास बैंकले ६ करोड १८ लाख ७० हजार, सिन्धु विकास बैंकले ३१ लाख ८० हजार रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकले ३० लाख ८० हजार रुपैयाँ लाभांशका लागि छुट्याएको देखिन्छ । तर, नारायणी विकास बैंक, कर्णाली विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा र सालपा सप्तकोशी बैंकले भने बोनस छुट्याएको देखिदैन ।

सम्बन्धित समाचार