काठमाडौं । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। १८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजदर ०.३९ प्रतिशतविन्दु घटेको छ। माघ महिनामा ८.११ प्रतिशतविन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर, फागुनमा घटेर ७.७१ प्रतिशतविन्दुमा सीमित भएको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०.३८६५ प्रतिशतविन्दु घटेको छ। फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक कृषि विकास बैंक रहेको छ। माघ महिनामा व्यक्तिगत मुद्दतिमा ७.२६ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ६.४४३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०.८१ प्रतिशतविन्दु घटाएको हो। फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
नेपाल बैंक लिमिटेड
नेपाल बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतममा व्यक्तिगततर्फ ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । संस्थागतफर्त भने बैंकले ०.७५ प्रतिशतविन्दुले घटाउदै अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.७२ प्रतिशतविन्दुले कम हो ।
प्रामइ कमर्सियल बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.४ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.७ प्रतिशतविन्दुले कम हो ।
कुमारी बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.०१ र व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.१ प्रतिशतविन्दुले कम हो ।
एनआईसी एशिया बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.०६५ प्रतिशतविन्दुले कम हो ।
प्रभु बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५ र व्यक्तिगततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.५६५ प्रतिशतविन्दुले कम हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०।६ प्रतिशतविन्दुले कम हो ।
सानिमा बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.५१ र व्यक्तिगततर्फ ५.५१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०।६४ प्रतिशतविन्दुले कम हो ।
एमएमबी बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.५ र व्यक्तिगततर्फ ६.५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०।५ प्रतिशतविन्दुले कम हो ।
ग्लोबल आइएमई बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.६ र व्यक्तिगततर्फ ५.६ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०.५ प्रतिशतविन्दुले कम हो ।
नेपाल एसबीआई बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१ र व्यक्तिगततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०।१५ प्रतिशतविन्दुले कम हो ।
नविल बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.७५ र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिनाको तुलनामा ०।३५ प्रतिशतविन्दुले कम हो ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ७.३५ र व्यक्तिगततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
माछापुच्छ्रे बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
एभरेष्ट बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
लक्ष्मी सनराइन बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८ र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
हिमालयन बैंक
बैंकले फागुन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ८.१५ र व्यक्तिगततर्फ ६.१५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।