free website hit counter

बैंकहरुले जेठसम्ममा कमाए अरवौं नाफा

beemaadmin
२०८० श्रावण ३, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरण अनुसार २१ वाणिज्य बैंकले चालु आर्थिक वर्षको जेठसम्ममा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । जेठसम्ममा नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। नबिलले ११ महिनामा नै ७ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। ग्लोबल आइएमई बैंकले पनि जेठसम्ममा ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंकमा भने नाफामा तेस्रो हुन प्रतिस्पर्धा देखिएको छ। जेठसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ भने एनआइसी एशिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड नाफा कमाएको छ।
यस्तै एनएमबि बैंकले ३ अर्ब ३२ करोड नाफा कमाएको छ भने हिमालयन बैंकले ३ अर्ब २९ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २१ करोड र स्ट्यान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ११ करोड नाफा कमाएको छ। नेपाल बैंकले ३ अर्ब ७ करोड नाफा कमाएको छ भने एभरेष्ट बैंकले ३ अर्ब ६ करोड, कुमारी बैंकले २ अर्ब ९५ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड, सानिमा बैंकले २ अर्ब २५ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड र नेपाल एसविआई बैंकले २ अर्ब ९ करोड नाफा कमाएका छन्। यी बाहेक ५ बैंकले भने २ अर्बभन्दा कम नाफा कमाएका छन्। कृषि विकास बैंकले सबैभन्दा कम १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६८ करोड र लक्ष्मी बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएका छन्। बैंकहरुको खराब कर्जा बढ्दा त्यसले खुद नाफा केहि प्रभावित भएको छ। तर चौथो त्रैमासमा बैंकहरुले खराब कर्जा घटाउन असुलीमा जोड दिएका छन्। यसले गर्दा खराब कर्जा नियन्त्रण गर्न सफल भएका बैंकहरुको नाफा बढ्न सक्ने देखिन्छ।

सम्बन्धित समाचार