free website hit counter

बैंक डुब्दा बीमाको आशा

beemaadmin
२०७९ चैत्र ७, मंगलवार

कुनै पनि चिजको सुनिश्चितता छैन । जीवनको होस् या बैंक तथा वित्तीय संस्था को कतिबेला धरासायी हुन्छ भन्न सकिँदैन । त्यसैले त्यसको जोखिम बीमालाई हस्तान्तरण गर्नु नै बुद्धिमानी हो । बीमाले जीवन दिन नसके पनि राहत दिन सक्छ । सहारा दिन सक्छ । अमेरिका जस्ता विश्व अर्थतन्त्रको बादशाह पुँजीवादी देशका केही बैंक टाट पल्टिए । बैंक टाट पल्टिनु पक्कै पनि राम्रो कुरा होइन । त्यसमा पनि अर्थतन्त्र सबल भएका देशका बैंक तथा वित्तीय संस्था टाट पल्टिँदा अर्थतन्त्र धरमरमा रहेका मुलुकमा झन ठूलो असर पर्दछ । जब प्रतिफल खस्किन थाल्छ तब समस्या पैदा हुन्छ । प्रतिफलको आधारमा लगानी हुन्छ, जहाँ प्रतिफल त्यहाँ बढी लगानी हुन्छ ।
समाजमा बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुन्छ । पुँजी निर्माण र लगानीमा बैंक तथा वित्तीय संस्थाको भूमिका रहन्छ । बैंक तथा वित्तीय संस्था घाटामा जानु नै गलत हो । अझ टाटै पल्टिन ज्यादै दुःखदायी अवस्था हो । यसबाट विश्व अर्थतन्त्र र हामी जस्ता परनिर्भर अर्थतन्त्र भएका मुलुकहरुले पाठ सिक्न जरुरी छ । त्यत्रो ठूलो अर्थतन्त्र भएको मुलुकको बैंकहरु डुब्दा पनि बीमा कम्पनीहरुको अवस्था भने मजबुद नै छ । बचतकर्ताहरु बीमा बापत प्राप्त हुने रकमको आशामा छन् । हुन त बीमा कम्पनीले पनि पूर्ण रुपमा क्षतिपूर्ति गर्न नसक्ला तर आंशिक राहत भने पक्कै दिने छ । यस्ता घटनाले समाजमा बीमाको भूमिका र महत्व अझ बढी उजागर गरेको छ ।

(लेखक बीमा विज्ञ एवं अर्थबीमाका सल्लाहकार हुनुहुन्छ)

सम्बन्धित समाचार