free website hit counter

बैंक तथा बीमाका कर्मचारी आज सडकमा रोकिने छैनन्

beemaadmin
२०७७ भाद्र ५, शुक्रबार

काठमाडौं । निषेधाज्ञाको पहिलो दिन बैंक तथा बीमाका कर्मचारी सडकमै रोकिएपछि पहिलो दिन बैंक तथा बीमा कम्पनी खुल्न सकेका थिएनन् । तर सरकारले आजबाट बैंक तथा बीमा कम्पनीका कर्मचारीलाई सम्बन्धित कार्यालयको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने भएको छ ।

कोरोना भाइरस संक्रण अझै नफैलियोस् भनेर राजधानी उपत्यकाका तीन वटा स्थानीय प्रशासन जारी गरेको निषेधाज्ञाको आज दोस्रो दिन हो । आज काठमाडौंका तीन वटै स्थानीय निकायले बैंक बीमा कम्पनीहरुका लागि आजबाट समन्वय गरेको जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले दिएको जानकारी अनुसार फोटो सहितको परिचय लगाएका बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई कार्यालय जान दिइनेछ ।

ढकालका अनुसार बैंक तथा बीमा कम्पनीक कर्मचारी कार्यालय जाने समय विहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म र साँझ ३ः३० बजेदेखि ५ः३० बजेसम्म रहेको बताइएको छ । गृहमन्त्रालयले बैंक तथा बीमा कम्पनीका फोटो सहितका परिचय लगाएका कर्मचारीहरुलाई कार्यालयसम्म जान दिने भन्ने आदेश दिएपछि सडकमा सुरक्षा दिइरहेका ट्राफिक प्रहरीले आज बैंक तथा बीमाका कर्मचारीलाई नरोक्ने बताइउको छ ।

ट्राफिक प्रहरीले निश्चित कोटा तोकिएकोले सो बमोजिम नै बैंक तथा बीमा कम्पनीहरुले कर्मचारीहरु कार्यालय पठाउने विश्वास लिएको जनाएको छ । तत्कालको लागि भने बीमा तथा बीमा कम्पनीका कर्मचारीहरुलाई अबरोध नहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले समेत प्रष्ट पारेको छ ।

सम्बन्धित समाचार