free website hit counter

बैशाख २७ गतेदेखि आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार

beemaadmin
२०८० बैशाख १८, सोमबार

काठमाडौं । यही वैशाख २७ गतेदेखि आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबार थाल्ने भएका छन् । दुई कम्पनीबीच मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन्। बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार दुई कम्पनीबीच मर्जर भई एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सलाई नेपाल धितोपत्र बोर्डले मर्जरको लागि बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेका थियो । आइएमई जनरल र प्रुडेन्सियलबीच माघ २७ गते एकआपसमा मर्जरमा जाने सहमति भएका थिए । दुई कम्पनीबीच १ बराबर १ अनुपातमा मर्जरमा जाने भएका हुन् ।

सम्बन्धित समाचार