free website hit counter

बोनस शेयरको कर तिर्न हिमालयन लाइफको आग्रह

beemaadmin
२०८२ जेष्ठ ५, सोमबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस शेयरबापतको कर तिर्न आग्रह गरेको छ । कम्पनीको २०८१ फागुन ११ गतेको साधारणसभाले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही शेयर बापतको कर जम्मा गर्न कम्पनीले आग्रह गरेको हो । उक्त बोनस शेयर माघ २४ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्नेछन् । तर कर तिरेपछि मात्रै बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाइने कम्पनीले जनाएको छ । यद्यपि, साबिकको प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स मर्ज भएको मिति २०८० वैशाख २६ गतेअघि कायम शेयरधनीको बोनस शेयरमा भने कर लाग्नेछैन । साथै माघ २४ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा भने करबापतको रकम जम्मा गर्नुका साथै ऋण लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फकुवा पत्र पेश गरेपछि बोनस शेयर डिम्याट खातामा पठाइने जनाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार