काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीलाइ बोनस शेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको असोज २३ गते सम्पन्न सातौं वार्षिक साधारणसभाबाट शेयरधनीलाई चुक्ता पुँजीको १८।३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साबिक सानिमा लाइफ र रिलायन्स लाइफ एकापसमा गाभिएर सानिमा रिलायन्सका नामबाट २०७९ चैत ९ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । गाभिएको मितिबाट दुई वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था भएको तर एकीकृत कारेबारपछि शयेर कारोबार गर्दा कर लाग्ने कम्पनीले जनाएको छ । जसअनुसार कम्पनीले वितरण गर्ने भनिएको शेयरमा ५ प्रतिशत कर लाग्ने र सो कर जम्मा गरेपछि मात्रै बोनस शेयर हितग्राही खातमा जम्मा गरिने पनि कम्पनीले जनाएको छ । साथै शेयर धितो राखेर ऋण लिएका शेयरधनीले ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा फुकुवा पत्र प्राप्त भएपछि मात्रै लाभांश खातामा पठाइने बताइएको छ ।