free website hit counter

बोर्ड नेतृत्वविहीन बन्दा २८ अर्बको आईपीओ रोकियो

beemaadmin
२०८० चैत्र २६, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेतृत्व विहीन बन्दा २८ अर्ब रुपियाँ बराबरको आईपीओ रोकिएको छ । बोर्ड नेतृत्वका लागि बल्ल पाँच जनाको नाम सर्ट लिष्ट तयार भएको छ । अबको केही दिनमा बोर्डले नेतृत्व पाउनेछ । बिभिन्न ३५ कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार रुपियाँ बराबरको आईपीओ पाइप लाइनमा रहे पनि तीन महिनादेखि निष्कासन अनुमति ठप्पै छ । ती कम्पनीहरुको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता आईपीओ स्वीकृतका लागि बोर्डको निर्णयको प्रतिक्षामा रहेको बोर्डले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको हो । हाल प्रस्तावित कम्पनीहरुको बिभिन्न चरणमा मूल्यांकनको काम भइरहेको बोर्डका अधिकारीहरु बताउछन् । यीमध्ये पाँच कम्पनीले भने प्रिमियम मूल्य आईपीओ जारी गर्ने प्रस्ताव गरेका छन् जसमा हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी ९ह्याम्स०, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्टिल छन् । ह्याम्सले प्रतिकित्ता २८८ रुपियाँमा ११ लाख २५ हजार कित्ता आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ । यसैगरि, सौर्य सिमेन्टले प्रतिकित्ता २६४।५१ रुपियाँमा एक करोड ५९ लाख ८१ हजार कित्ता शेयर जारी गर्ने प्रस्ताव गरेको छ भने मारुती सिमेन्टले प्रतिकित्ता ३७७ रुपियाँमा एक करोड १६ लाख कित्ता, रिलायन्स स्पिनीनिङ मिल्सले प्रतिकित्ता ८२०.८० रुपियाँमा ११ लाख ५५ हजार ९६० र जगदम्बा स्टिल्सले प्रतिकित्ता ३०० रुपियाँमा दुई करोड ७० हजार कित्ता आईपीओ जारी गर्ने गरि बोर्डमा प्रस्ताव गरेको छ । गत पुस २० गते यता कुनै पनि कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएका छैनन् । त्यसअघि पनि बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमालले आईपीओको आपूर्ति बढी भएको भन्दै स्वीकृतमा ढिलाई गरेका थिए । उनको कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष पद रिक्त छ ।

सम्बन्धित समाचार