free website hit counter

ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०८० सम्पन्न, दया र मिरुना बने उत्कृष्ठ

beemaadmin
२०८१ बैशाख २, आईतवार

काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा हरेक वर्ष चैत २८ गते नयाँ वर्षको स्वागत पुरानो वर्षको बिदाई गर्दै विगत १८ वर्षदेखि एउटै मितिमा निरन्तर आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समीक्षा कार्यक्रम भव्य सम्पन्न भएको छ । नेपाल सरकारको उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा राजधानीको कमलपोखरी सिटी सेन्टरको फुर्कोट हलमा निकै तामझामको साथमा सम्पन्न भएको १८औं ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०८० संस्करणमा रिलिज चलचित्र महाजात्रालाइ उछिन्दै जारीबाट अभिनेता दयाहाङ राईलाई यो बर्षको सर्वोत्कृष्ट अभिनेता घोषणा गरियो । राईले ५३ वटा फिल्मलाई पछि पार्दै २०८० को साडे १७ करोड ग्रस भएको जारी चलचित्रबाट ब्लकबस्टर फिल्मबाट आफूलाई बजारमा अब्बल अभिनेताको रुपमा यो वर्ष पनि सावित गरेका हुन् । जारीबाटै अभिनेत्रीमा मिरुना मगर २०८० सालको सर्वोत्कृष्ट अभिनेत्री चुनिइन् । उनी ब्लकबस्टर फिल्म जारीबाटै सर्वोत्कृष्ट अभिनेत्रीमा अब्बल भएकी हुन् । जारीबाटै निर्देशक उपेन्द्र गुरुङ यो वर्षको सर्वाधिक सफल चलचित्र निर्देशकको अवार्डको हकदार बने । २०८० को नवनिर्देशक विधामा रंगेलीबाट अर्जुन सुवेदी, वर्ष नवनायकमा ‘गोरखा वारियर’बाट रितेस चाम्स, वर्ष नवनिर्मातामा हिमाल कडारिया ‘नांगो गाउँ’, वर्ष सहअभिनेत्रीमा बेनिशा हमाल ‘उपहार’बाट, वर्ष चरित्र अभिनेतामा ‘उपहार’बाटै शिशिर राणा उत्कृष्ट रहे । यो वर्षको सम्पादकमा मिलन श्रेष्ठ, छायाँकारमा निरज कँडेल, पोडक्सन डिजाइनरमा विनोद सुवेदी, उदयमान एक्सन हिरोमा राजिवजंग बस्नेत, यो वर्षको उत्कृष्ट वितरकमा उपत्यकाबाट जारी र महाजात्राको वितरक विधामा प्रचण्डमान श्रेष्ठ बक्स अफिसको सर्वाधिक अब्बल वितरक रहे भन्ने मोफसल विधातर्फबाट नांगो गाउँबाट रोहित कटेल र रत्न श्रेष्ठले उत्कृष्ट वितरक छानियो । राती अबेरसम्म विविध सांगीतिक कार्यक्रमसहित चलेको अवार्ड तथा रजत जयन्ती सम्मानमा वरिष्ठ कलाकार मिथिला शर्मा, विजय लामा र लक्ष्मी गिरिलाई नेपाली चलचित्र क्षेत्रमा अविरल योगदानको उच्च सम्मान गर्दै ‘रजत जयन्ती सम्मान २०८०’ बाट सम्मान गरिएको थियो । त्यसैगरी ‘अग्रज सुवेदी पत्रकारिता पुरस्कार’बाट वरिष्ठ पत्रकार रमा सिंह (नेपाल टेलिभिजन), उषा लोहनी (रेडियो नेपाल) र गोविन्द चौलागाई (प्रिन्ट मिडिया)लाई नेपाल पत्रकार महासंघको केन्द्रीय सचिवको पदमा रहेर उहाँले पत्रकारिताको माध्यमबाट देश, समाज, राष्ट्रको हितमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । उहाँहरुलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र प्राविधिक संघका अध्यक्ष वरिष्ठ कलाकार सुवास गजुरेल, वरिष्ठ कलाकार उत्तम केसी, आरके मानन्धर, वरिष्ठ पत्रकारहरु ताराचन्द्र देवकोटा, मदनकुमार श्रेष्ठ, टंक कार्की प्रकाशक सीता श्रेष्ठ, राष्ट्रिय चलचित्र पत्रकार संघका अध्यक्ष आरके सुवेदी र वरिष्ठ रंग पत्रकार लक्षुमण सुवेदीले सामूहिकरुपमा सम्मान गर्नुभएको थियो । यो वर्षको ‘देश प्रेम’ चलचित्रमा रिमेश अधिकारी ‘नालापानी’ र नवल खडका ‘काँडेतार’ सम्मानको हकदार रहे भने ५३ वटा रिलिज फिल्मबाट छानेर एकल महिलासम्बन्धी शर्मिला पाण्डेको ‘परस्त्री’, इतिहास रच्न्ने गोर्खा सेना सम्बन्धित मिलन चाम्सको चलचित्र ‘गोरखा वारियर’ र साँस्कृतिक चलचित्रबाट प्रदिप शाही ‘अन्तिम संस्कार’ विशेष फिल्ममा भव्य सम्मान गरियो । त्यसैगरी वर्षको उत्कृष्ठ प्राविधिकमा अरुण रिजाल, स्टुडियोमा जीवन रानाले यो वर्षको अवार्ड चुमे । त्यसैगरी सहआयोजक संस्था ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ) को आजीवन सदस्यबाट निर्माता सन्जय न्यौपाने, गुणराज भण्डारी, त्रिरत्न श्रेष्ठ, अभिनेता खेलाडी राजिवजंग बस्नेत, श्याम श्रेष्ठ, कलाकार राजु श्रेष्ठ, सुर्यमान डंगोल, गणेश थापा, सुकबहादुर स्याङ्तान, विष्णुप्रसाद खतिवडा, कृष्ण केसी, फलितमान राई, निर्देशक कलाकार राम गौतम, टेकेन्द्र कार्की, पर्यटन व्यवसायी रुपक कोइरालालाई भव्य सम्मान गरी संस्थामा आबद्ध गरियो । यो सँगै संस्थाको आजीवन सदस्यको संख्या अहिलेसम्म १४८९ पुगेको संस्थाका अध्यक्ष आरके सुवेदीले बताए । कार्यक्रम आयोजनामा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले वरिष्ठ चलचित्रकर्मी स्वतन्त्र संसार महर्जन, वरिष्ठ नृत्य निर्देशक प्रदिप डंगोल, फुर्कोट होटलका सञ्चालक तेन्जिङ शेर्पा, निर्देशक मधुसुदन भट्टराई, कलाकार रोशन श्रेष्ठ, भानु ढकाल लगायत थुप्रैको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार