free website hit counter

भत्काइयो नेपाली भूमिमा गाडिएको भारतीय सीमास्तम्भ

beemaadmin
२०७६ चैत्र २, आईतवार

काठमाडौं । भारतसँग जोडिएको नेपाली सीमानामा बेला बेलामा समस्या आउने गरेको छ । भारतको हेपाह प्रवृत्तिका कारण बेला बेला सीमास्तम्भ सर्ने गरेकै कारण नेपाली पक्ष सधैं पीडित बन्दै आएको छ । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले कञ्चनपुर बेल्डाँडी गाउँपालिकामा सीमा स्तम्भ भत्काएका छन्। शनिबार कांग्रेस कार्यकर्ताले सहायक सीमास्तम्भ तोडफोड गरेका हुन्। उक्त सीमास्तम्भ केही दिनअघि नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहमा सहायक सीमास्तम्भ ७८३–४ निर्माण गरिएको थियो। शशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले कांग्रेस कार्यकर्ताले सीमास्तम्भ तोडफोड गरेको जानकारी दिए। गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषयभन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताए। तत्कालीन संविधानसभाका सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए।

सम्बन्धित समाचार