free website hit counter

भद्रगोलको विवाद सहमतिमा सक्किगो

beemaadmin
२०७६ कार्तिक ८, शुक्रबार

काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित हाँस्य टेलिशृङ्खला भद्रगोल र नयाँ हास्य टेलिश्रृङ्खला ‘सक्किगो नि बीचको पात्रको विवाद सहमतिमा पुगेर टुङ्गियो ।
सक्किगो निमा कलाकार कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायत केही कलाकारले निर्वाह गरेको चरित्र आफ्नो शृङ्खला भद्रगोलको चरित्र भएको भन्दै मिडिया हवले दाबी गरेको थियो । त्यसपपछि विवाद प्रहरीसम्म पुगेको थियो ।
मिडिया हवका मालिक सोम धितालले सक्किगो नि नामको टेलिशृङ्खलामा भद्रगोलको पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सक्किगो नि को निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको चरित्र आफूले जुनै शृङ्खलामा प्रयोग गर्न पाउने कलाकारको अधिकार भएको दाबी गर्दै आएका थियो ।
एक अर्काको काममा हस्तक्षेप नगरी आ–आफ्नो तरिकाले शृङ्खला निर्माण गर्ने सहमति पछि विवाद टुङ्गिएको कलाकार कुमार कट्टेलले बताए । सहमतिअनुसार पात्रको विषयमा मिडिया हवले अब विवाद नझिक्ने भउको छ । विवाद मिलेपछि अव हाँस्य टेलिसिरियल भद्रगोल र सक्किगोनी दर्शकले पहिलेकै समयमा हेर्न पाउने भएका छन् ।

सम्बन्धित समाचार