free website hit counter

भारतीय गृहमन्त्रीलाई नै कोरोना

beemaadmin
२०७७ श्रावण १८, आईतवार

एजेन्सी। कोरोना संक्रमण उच्च गतिमा फैलिइरहेको छिमेकी मुलुक भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अमित शाहले ट्वीटमार्फत् आफूले कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराएको र परीक्षणको क्रममा आफूलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् ।

उनले आफ्नो अवस्था ठीक रहेको तर डाक्टरहरुले अस्पताल भर्ना हुने सुझाव दिएका कारण अस्पतालमा भर्ना हुन गइरहेको बताएका छन् । शाहले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आउने सबैलाई आइसोलेसनमा बस्दै आफ्नो कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार