free website hit counter

भुवनले किन दिए साम्राज्ञीलाई चेतावनी

beemaadmin
२०७७ असार १९, शुक्रबार

अहिले सामाजिक सञ्जलमा निर्माता, निर्देशक तथा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादले राम्रै स्थान पाएको छ । नायक भुवन केसीले नायिका शाहलाई आफ्नो बारेमा झूटा प्रचार नगर्न चेतावनी दिएका छन् । नायिका शाहले चलचित्रको छायांकनका क्रममा आफूले दुःख पाएकोदेखि जापानमा आयोजित एक अवार्ड कार्यक्रममा नायक केसीले घिनलाग्दो व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन् । नायक केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा भनिएको छ, आफूलाई ब्रेक दिने पिताजस्तो व्यक्तिको बारेमा अनर्गल तथा झूटा कुराहरू उल्लेख गरी तपाईंले मेरा बारेमा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नुभएकी सामाग्रीको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
नायक केसीले आफ्नो मान प्रतिष्ठामा आघात पुग्ने गरी फेरि भिडियो पोस्ट नगर्न सूचित समेत गरेको उल्लेख गरेका छन् । नायक केसीले साम्राज्ञीलाई चेतावनी दिँदै लेखेका छन्मे, रो यो सूचनाका बाबजुत तपाईंले यस्ता झूटा लान्छना लगाउने कार्य गरेमा तपाई‌ं उपर प्रचलित साइबर कानुन र मानहानीसम्बन्धी कानुनको प्रयोगगरी मलाई पुग्न गएको मानसम्मानको हानि नोक्सानी उपर तपाईंमाथि यथोचित क्षतिपूर्ति गराउने र तपाईंलाई कानुनबमोजिम सजायको भागिदार गराउनको निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने व्यहोरा दुःखका साथ जानकारी गराउँछु । साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’को छायांकनमा क्रममा खाना नपाएको, छाता ओड्न नपाएको जस्ता झूटा कुराहरू चलचित्र रिलिज भएको ३ वर्षपछि उठाएर आफूलाई गाली गलौज गरेको भन्दै आश्चर्य लागेको भुवनले बताएका छन्। भुवनको यो स्टाटसपछि साम्राज्ञी र भुवनको विवाद अझै लम्बिने देखिएको छ।

सम्बन्धित समाचार