काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एशियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एशियन लाइफ इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ तथा होटल क्राउन इम्पेरियलका महाप्रबन्धक अभिक जंगबहादुर सिंहको समेत उपस्थिति थियो।
कम्पनीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।