free website hit counter

भोटेकोसी बाढीमा २६ बैंक कर्मचारी बेपत्ता, ७३ अर्बको आर्थिक क्षति

beemaadmin
२०८३ आश्विन ३, शनिबार

काठमाडौं । रसुवा जिल्लामा गत भदौ १० गते आएको भोटेकोसी बाढीले बैंक तथा वित्तीय संस्थामा ठूलो आर्थिक तथा मानवीय क्षति पुर्‍याएको छ। बाढीका कारण ११ वटा बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी बेपत्ता भएका छन् भने करिब ७३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

अर्थ समितिले सार्वजनिक गरेको ‘रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन, २०८३’ मा बाढीबाट बैंक तथा वित्तीय संस्थाका शाखा, सम्पत्ति र कर्मचारी प्रभावित भएको उल्लेख छ।

प्रतिवेदनअनुसार बाढीका कारण ११ वटा बैंक तथा वित्तीय संस्थाका १४ वटा शाखा आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती संस्थामा कार्यरत २६ जना कर्मचारी अझै बेपत्ता रहेको जनाइएको छ। यसले बाढीबाट भएको आर्थिक क्षतिसँगै मानवीय संकटको गम्भीरता पनि उजागर गरेको छ।

नगद र सम्पत्तिमा ठूलो नोक्सानी

प्रतिवेदनअनुसार बाढीबाट बैंक तथा वित्तीय संस्थाको नगदबाहेकको कुल सम्पत्तिमा करिब ५५ अर्ब ६८ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। त्यस्तै, बैंकमा रहेको नगदतर्फ करिब १७ अर्ब २४ करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ।

नगद र अन्य सम्पत्तिमा भएको क्षति जोड्दा बैंक तथा वित्तीय संस्थाको कुल आर्थिक नोक्सानी करिब ७२ अर्ब ९२ करोड रुपैयाँ पुगेको देखिन्छ।

भोटेकोसी बाढीले बैंकिङ पूर्वाधारमा क्षति पुर्‍याउनुका साथै कर्मचारीको बेपत्ता अवस्थामार्फत वित्तीय क्षेत्रमाथि परेको मानवीय जोखिमलाई समेत गम्भीर रूपमा प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार