free website hit counter

भोलि हुँदैछ पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँड

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

काठमाडौं । कोरोना सक्रमणविरुद्धको लकडाउनकै बीचमा नेपाल पुनर्बीमा कम्पनी आईपीओ भोलि चैत २६ गते बुधबार बाँडफाँड हुने भएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन लम्बिएपछि कम्पनीको आईपीओ भोलि नै बाँडफाँड गर्न लागेको बताइएको छ । बुधबार बिहान ७ः३० बजे आईपीओ बाँडफाँड गर्न लागिएको बताइएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध आरबीबी मर्चेन्टका अनुसार कम्पनीको आईपीओमा माग भन्दा ३.६८ गुणा धेरै आवेदन परेको छ । ४ लाख ९ हजार ७२२ जनाले आवेदनबाट ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ४७ हजार ३५० कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन खुला गरेको थियो। कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका सर्वसाधारणका लागि खुल्ला गरिएको थियो।

सम्बन्धित समाचार

बीमा व्यवसायमा अभिकर्ताको सान्दर्भिकता

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

पाँचजना पूर्वसीईओहरु सम्मानित

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

निफ्राले खोल्यो सीईओको दरखास्त

beemaadmin
२०८० चैत्र १६, शुक्रबार