free website hit counter

भ्रमकाे पछि नलागाैं, संयम रहाैं

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार
सामाजिक सन्जालमा फैलिएका असत्य समाचार माथि विश्वाश नगरौ। संयम रहौ, यो गाह्रो परिस्थितीमा एक अर्कालाई साथ र सहयोग गरौ। कोविड्-१९ को बारेमा आहिले धेरै नै गलत र असत्य समाचार सम्पादन भैरहेको बेला मा म आफु सावास्थ्य चिकित्सक भएको नाताले केही कुरा प्रस्त पर्नु पर्ने आवस्यकता देखेर कोविड १९ सम्बन्धी केही सुचना राखेको छु।
कोरोना भाइरस RNA प्रजातिको भाइरस हो जसले मानिस र जनावर दुबैमा संक्रमण निम्त्याउन सक्छ । यो भाइरसले मानिसमा स्वाशप्रस्वाश प्रणालीको रोगहरु निम्त्याउने गर्दछ । यो रोग नया नभएर सार्स संग मिल्दोजुल्दो लक्क्ष्यन भएको रोग हो जुन गत २०१९ को दिसेम्बेर महिनामा पहिलोपटक चीनको वुहान प्रान्त मा देखिएको थियो।
कोरोना भाइरस त्यति खतरनाक नहुन सक्छ तर छोटो समयमा यसले धेरै व्यक्तिलाई संक्रमित बनाउन सक्छ ।धेरै संक्रमित व्यक्तिहरुबाट येदि थोरैमात्रलाई पनि सघन उपचार चाहिएको खण्डमा पनि छोटो समयमै हाम्रो स्वास्थ्य प्रणाली धराशायी बन्न पुग्छ ।
अहिले बिस्व ब्यापी रुपमा भैरहेको लक्डाउन को मुख्य उधेस्य यो भाइरसको तिब्र फैलावटलाई न्यूनीकरण गर्नु हो ताकि परेको खण्डमा प्रतेक संक्रमितव्यक्तिले आबस्यक स्वास्थ्य सुबिधा सरल रुपमा पाउन सकुन
प्राय देखिने लक्ष्यण हरु :
· उच्च ज्वरो
· सुख्खा खोकी
· स्वाश प्रस्वाशमा अबरोध
अरु लक्ष्छ्यनहरु
· घांटी दुख्ने
· मासपेशी तथा जोर्नी को दुखाइ
· खकार आउने
· झाडा पखाला
धेरै जसो बिरामी हरुमा मध्यम लक्ष्यणहरु देखिएका छन् ।केहि केस हरु मा मात्र स्वाश प्रस्वाश्मा अत्याधिक बाधा देखिएका छन्जुन भाइरस द्वारा हुनेनिमोनिया तथा मल्टिओर्गान फेलियर अथवा मृत्यु नै हुन सक्छ ।
सर्न सक्ने माध्याम हरु : Way of Transmission
मुख्यत: droplets infection थोपा (खोक्दा अथवा हाच्हियेउ गर्दा आउने ) बाट सर्ने गर्दछ ।
संक्रमित व्यक्तिबाट प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा जस्तै दुषित बस्तुहरु लाइ छोएर प्रसारण पनि हुन् सक्दछ ।
अहिले सम्मको अध्ययनमा आँखाको कोषिका हुदै भाइरस शरीरभित्र छिर्न सक्ने कुरालाई पनि नकार्न सकिदैन ।
कोभिड संक्रमित गर्भवती महिला बाट गर्भमा रहेको शिशुमा रोग प्रसारण हुने प्रमाण अहिएल्सम्म भेटिएको छैन तथापि केहि थोरै केस नवजातसिशुहरुमा सार्स -कोभ -२ देखिएको छ तर यी केशारुमा संक्रमण कुन बेला ( गर्भवती अबस्था मा अथवा प्रसव आबस्था मा एकिन गर्न सकिएको छैन ।
संक्रमण को उमेर
संक्रमित बिरामीहरुमा प्राय एकाउन्न बर्ष मध्यम उमेर का व्यक्तिहरु देखिएको छ ।करिब ७८ %केश हरुमा ३० देखि ६९ उमेर अबस्थाका देखिएका छन् ।२० बर्ष भन्दा मुनिका संक्रमित बिरामीहरुको संख्या २ दशमलब ४ प्रतिशत रहेको छ ।चाइना मा देखिए अनुसार महिला र पुरुषमा हुने संक्रमण मा भनेकेहि भिन्नता देखिएको छैन ।
जोखिम मा रहेका व्यक्तिहरु कुनै पनि स्वास्थ्य समस्या नभएका जवान मा देखिए पनि मुख्यतया निम्न अबस्था रहेकाव्यक्तिहरुमा बड्धो मात्रामा गम्भीर स्वास्थ्य जोखिमहरू देखिन सक्छ :
· बुढा बुढी
· धुम्रपान /मध्यपान गर्ने व्यक्ति
· निम्न स्वास्थ्य समस्या भएको व्यक्तिहरु (मुटु रोगि , उच्च रक्तचाप , स्वश्प्रस्वाश
तथा फोक्सो मा समस्या भएका व्यक्ति )
· दम , आस्थ्मा ,क्रोनिक ब्रोङ्काइटिस
· मधुमेह
· क्यान्सर
· प्रतिरक्ष्या प्रणाली कम्जोर भएका व्यक्तिहरु
Incubation period संक्रमण भएदेखि पहिलो लक्ष्यण देखिने समय सम्म को समय हो। यो भाइरसको incubation अबधि करिब ५-६ दिनसम्म को हुन्छ तथापी अधिकतम दायरा १ देखि १४ दिनसम्मको हुन सक्छ ।
कसरि संक्रमणको शृंखला रोक्न सकिन्छ ?
· सामाजिक सम्पर्कलाई न्युनतम गर्नुहोस
यसले भाइरस लाइ अरु फ़ैलनबाट रोक्दछ किनकि यो भाइरस मानबको
माध्यमबाट प्रसारण हुने गर्दछ
· हातको सरसफाई ( साबुन पानि तथा syaanitzer ले नियमित रुप मा हात धुने )
· सम्भाब्य संक्रमित बाताबरण मा हातले आफ्नो अनुहार , नाक , कान तथा आँखा
नछुने , छुनुपरेमा पहिले साबुन पानि ले हात धुने )
· मानिस संग भेट गर्दा वा पसल, मल, ब्यांक, अफिस तथा भिडभाड मा एक देखि
दुइ मिटरको दुरी मा रहने )
· खोक्दा , हाछिउ गर्दा आफ्नो पाखुराले मुख छोप्ने ताकि हात मा नपरोस )
· उपलब्ध भएसम्म मास्क को प्रयोग गर्ने
· स्वस्थ खानपान , पर्याप्त भिटामिन “सी ” युक्त (जस्तै :कागती, सुन्तला ,किवी,
ब्रोकाउली,मेवा , टोमटो ,ग्रीन or yellow पेपर अनि पर्याप्त मात्रामा पेय पदार्थ
पानि जुस पिउने – यी मेरा निजी सअलाह हुन। एस्को सत्यता प्रमाडित भएको छैन।
म संक्रमित छु भन्ने संका लागेमा मैले के गर्नुपर्छ ?
· नडराउनुहोस /नाअतिनुहोस
· शान्त रहनुस, संक्रमित हुदैमा मरिन्छ भन्ने होइन
· अस्पतालको आकस्मिक कक्ष्य तथा डाक्टरको क्लिनिक /अफिशमा जान
नहतारिनुहोस किनकियेसो गर्दा तपाइले संक्रमण अरु व्यक्तिमा सार्ने सम्भाबना बढेर
जान्छ ।
· SAARS-कोभिड -२ परिक्षणको ब्यबस्था मिलाउन को लागि आफ्नो स्वास्थ्य
बिभागनेपालको टेकु अस्पताल अथवा सरकारले उपलब्ध गराइएका ठाउ हरुमा
मिलेसम्म पहिलेTelephone सम्पर्क गर्नुहोस
· ज्वरो आएमा paracetamol सेवन गर्नुहोस aspirin र इबुप्रोफिन नलिनुहोस ।
-> यी मेरा निजी सअलाह हुन। एस्को सत्यता प्रमाडित भएको छैन।
– हाल म्युनिख जर्मनी
(अनुवाद सुशीला शर्मा, हाल भ्यानकुभर , क्यानाडा)

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार