free website hit counter

मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

beemaadmin
२०८० मंसिर १५, शुक्रबार

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले (कर सहित) हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर १४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार