free website hit counter

मध्यपूर्वको द्वन्द्वको असर पर्दैछ इन्धनमा

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं । मध्यपूर्वमा भएको युद्धका कारण भारतमा ग्यासको भाउमा वृद्धि भएको छ । भारतमा घरेलु प्रयोगका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको मूल्य प्रति सिलिन्डर ६० भारतीय रुपैयाँले बढाइएको छ। यो मूल्य भारतको समकालीन मूल्यको तुलना गर्दा भारी वृद्धि भएको विश्लेषण गरिएको छ । तेल कम्पनीहरूले पश्चिम एसियामा इरान र इजरायलबीच भएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा मूल्य बढेको भन्दै ग्यासको मूल्य बढाउने निर्णय गरेका हुन् ।
नयाँ मूल्य मार्च ७ अर्थात् आजबाट लागू भएको छ। यस वृद्धिपछि दिल्लीमा १४।२ किलोग्रामको घरेलु एलपीजी सिलिन्डरको मूल्य करिब भारतीय ९१३ रुपैयाँ पुगेको छ। यसअघि ८५२ भारतीय रुपैयाँ रहेको ग्यासको मूल्यको प्रतिशत हिसाब गर्दा सात प्रतिशतले बढी हो । विशेषगरी अन्तर्राष्ट्रिय ऊर्जा बजारमा भएको मूल्यवृद्धि तथा पश्चिम एसियाको युद्ध परिस्थितिले ग्यासको लागत बढेपछि तेल कम्पनीहरूले मूल्य समायोजन गरेको बताइएको छ। मध्यपूर्वमा तनावका कारण पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्यमा तीव्र वृद्धि भएको छ। रोयटर्सका अनुसार पेट्रोलको मूल्यमा नेपाली मुद्रा हिसाब गर्दा ८८ रुपैयाँ बराबरको मूल्यवृद्धि भएको छ । जसले देशको आर्थिक संकटलाई अझ गहिरो बनाउने जोखिम थपिएको छ । अहिले पाकिस्तानमा ३२१ रुपैयाँ प्रतिलिटर पेट्रोलको बिक्री भइरहेको छ । अहिले एकैपटक २० प्रतिशतले मूल्य वृद्धि भएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार