free website hit counter

मध्यराति निद्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि…

beemaadmin
२०८० चैत्र २०, मंगलवार

एजेन्सी । निद्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि भारतमा एक पुरुषले मध्यरातमै बबाल मच्चाएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घटना भारतीय राज्य उत्तरप्रदेशको रामपुर अजीमनगर थाना क्षेत्रको हो। ६ महिनाअघि मात्र बिहे गरेका उनीहरू सँगै सुतिरहेका बेला गत आइतबार राति निद्रामा पत्नीले बारम्बार आफ्नो भिनाजुको नाम लिइन्। त्यसपछि रिसले रन्थनिएका ती युवकले उठेर पत्नीलाई कुटपिट गरे। मध्यरातमा होहल्ला भएपछि छिमेकीहरूसमेत भेला भए। यति मात्र होइन, ती पुरुषले भोलिपल्ट श्रीमतीका माइती पक्षलाई समेत झिकाए र विवाद प्रहरी कार्यालयसम्म पुग्यो। प्रहरीले ती युवतीसँग सोधपुछ गर्दा आफूले डरलाग्दो सपना देखेका कारण भिनाजुको नाम लिएको हुनसक्ने बताइन्। त्यसपछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर फर्काएको थियो। प्रहरीले उनीहरूको नाम भने गोप्य राखेको छ।

सम्बन्धित समाचार