काठमाडौं । सरकारको निर्देशनलाई ठाडै चुनौती दिँदै आएका निजी मेडिकल कलेज सञ्चालकहरु मध्यराति बल्ल गलेका छन् । सरकारको दिएको निर्देशनलाई चुनौती दिँदै अतिरिक्त शुल्क फिर्ता नगर्ने चुनौती सरकार सामु दिएका उनीहरुलाई जब सरकारले पक्राउ गर्नेसम्मको तयारी थाल्यो त्यसपछि बल्ल मध्य रातमा सहमतिमा आएका हुन् । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राति शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । सहमतिअनुसार मेडिकल कजेजले बुधबारबाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्न सहमत भएका छन् ।
त्यस्तै दुई पक्षीय सहमतिमा ०७२–०७३ र ०७३–०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । मेडिकल कलेजले शुल्क फिर्ता नगर्ने अडान दोहोर्याएपछि मंगलबार दिउँसो गृहमन्त्रालयमा बसेको बैठकले बुधबारसम्म शुल्क समायोजन वा फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।
यस्ता छन् सहमतिका बुँदा