free website hit counter

मनमुटावले राष्ट्रिय बीमा कम्पनीका सञ्चालक उप्रेती बाहिरिए

beemaadmin
२०७७ असार १७, बुधबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालक अशोक कुमार उप्रेतीको राजिनामा दिएका छन् । समितिको बैठकले पब्लिक सञ्चालकको रुपमा नियुक्त भएका उप्रेतीको राजिनामा स्वीकृत गरेको छ । गत साता बसेको सञ्चालक समितिको बैठकले उप्रेतीको राजिनामा स्वीकृत गरेको हो । राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले पब्लिक डाइरेक्टर उप्रेतीको राजिनामा बैठकबाट स्वीकृत भएको बताए । ८० प्रतिशत नेपाल सरकार र २० प्रतिशत सर्वसाधारणको शेयर रहेको राष्ट्रिय बीमा कम्पनीका सर्वसाधारण सञ्चालक उप्रेतीले करिब छ महिना अघि नै राजिनामा दिएर बसेका थिए । सञ्चालक समितिमा मनमुटाव भएपछि उप्रेतीले करिब छ महिना अघि नै राजिनामा दिएर बसेका थिए ।

सम्बन्धित समाचार