free website hit counter

मनोरञ्जन कर नबुझाउने चलचित्र घरहरूलाई महानगरको चेतावनी

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । मनोरञ्जन शुल्कबापतको कर नबुझाएका चलचित्र भवनहरूलाई काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ । महानगरभित्र ४२ वटा सिनेमा घर रहेकोमा आर्थिक वर्ष २०७५/०७६ मा ४ वटा हलले मात्र कर तिरेको महानगरले जनाएको छ । चारवटा हलले मनोरञ्जनबापतको शुल्क १९ लाख रुपैयाँ बुझाएको थाहा भएको छ । ‘प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरूले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्छ । ऐनमा यस्तो व्यवस्था भए पनि चलचित्र घरहरूले भने पत्तै नपाएको जस्तो व्यवहार गरिरहेका छन् । महानगरको सूचनाको ख्याल नगर्ने तथा दर्शकहरूसँग असुलेको मनोरञ्जन करबापतको रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरूलाई नियमानुसार कारबाही हुने चेतावनी समेत महागतनरले दिएको छ ।

सम्बन्धित समाचार