free website hit counter

मन्त्रिपरिषद्ले खोस्यो अध्यक्षको कार्यकारी अधिकार

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । सरकारले अध्यक्षसँग भएको कार्यकारी अधिकार खोसेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झालाई २०७३ फागुन १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी अधिकार दिएको थियो । तर वर्तमान सरकारले झालाई दिएको कार्यकारी अधिकार खोस्दै सदस्यसचिवलाई सुम्पेको छ । मन्त्रिपरिषद्को गत सोमबार सम्पन्न बैठकले डा. प्रदीप ज्ञवालीलाई सदस्यसचिव नियुक्ति गर्दै कार्यकारी अधिकार सदस्यसचिवमा सारेको थियो । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाका पालामा नियुक्त भएका झाको कार्यकारी अधिकार खोसेसँगै उनी सेरेमोनियल भूमिकामा मात्र रहने छन् । नवनियुक्त ज्ञवाली सत्तापक्ष राजनीतिक दलसँग निकट मानिन्छन् । यसअघि पनि उनी परिषद्का सदस्यका रुपमा काम गरिसकेका थिए । ज्ञवालीले बिहीबारै पद बहाली गरिसकेका छन् । त्यस्तै बैठकले नेपाल नर्सिङ परिषद्को रिक्त सदस्यमा भारती भेटवाललाई नियुक्त गरेको छ । स्वास्थ्यले नै लगेको अर्को प्रमुख विशेषज्ञ पदको नियुक्तिमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय लिन सकेन । प्रमुख विशेषज्ञ नियुक्तिका लागि यसअघिनै स्वास्थ्य मन्त्रालयले डा. रोशन पोखरेल, डा. भीमसिंह टिंकरी, डा. केदार सेन्चुरी, डा. दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिश गरी नाम पठाइएको थियो ।

सम्बन्धित समाचार