free website hit counter

मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार सुरु

beemaadmin
२०८० पुष ३, मंगलवार

काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर कारोबार मंगलबारदेखि सुरु भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मर्जर प्रयोजनका लागि रोक्का गर्नुअघि प्रभु लाइफको सेयर प्रतिकित्ता ५८७ रुपैयाँ अन्तिम कारोबार भएको थियो। यो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता ५९८ रुपैयाँबाट खुलेको हो । साबिकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा मर्ज भई बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा सेयर सूचीकृत भएसँगै कारोबार सुरु भएको हो । नेप्सेमा कम्पनीको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले प्रभु महालक्ष्मी लाइफको नाममा धितोपत्र सूचीकरण भएको र मर्जर प्रयोजनका लागि रोक्का राखिएको सयर कारोबार फुकुवा गरेको छ । साबिकको प्रभु र महालक्ष्मी लाइफ १ः१ अनुपातमा मर्जर भएका थिए । एकीकृत कारोबार सुरु भएकै दिनदेखि नेप्सेले प्रभु लाइफको सेयर कारोबार रोक्का गरेको थियो । उता महालक्ष्मी लाइफ भने नेप्सेमा सूचीकृत थिएन। यसैगरी, पुस ९ गतेदेखि कम्पनीको कुल ३ करोड १ लाख १ हजार ७० हजार कित्ता संस्थापक सेयरमा लकइन अवधि समाप्त हुन लागेको छ । यसैगरी, सर्वसाधारण समूहबाट कर्मचारीका लागि जारी भएको २ लाख ५५ हजार ३६ कित्ताको पनि सोही अवधिमा लकइन समाप्त हुने छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार