free website hit counter

मर्जरमा जाने कम्पनीले कर्मचारीको पद र सेवा सुविधा घटाउन नपाउने

beemaadmin
२०७९ असार २१, मंगलवार

काठमाडौं । चुक्ता पुँजी वृद्धिका लागि मर्जरमा जान लागेका बीमा कम्पनीहरुलाई कर्मचारी समायोजनमा तलमाथि नगर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले गाभ्ने, गाभिने वा प्राप्ति हुने प्रकृयामा कुनै पनि बीमा कम्पनीका कर्मचारीको पद घटुवा नगर्न निर्देशन दिएको हो । बीमा समितिले गाभ्ने गाभिने सम्बन्धमा सोमबार नयाँ परिपत्र जारी गर्दै दुई वा दुईभन्दा बढी बीमा कम्पनीहरु गाभिए वा प्राप्ती भएको अवस्थामा कुनै पनि कम्पनीको कर्मचारीको कायम रहेको पद घटुवा नहुने व्यवस्था गरेको हो । यसैगरी श्रम ऐन अनुसार कुनै पनि कम्पनीका कर्मचारीले खाइपाइ आएको तलब सुविधा नघट्ने भएको छ । श्रम ऐनमा अपवादबाहेकको अवस्थामा कामदार वा कर्मचारीले खाईपाई आएको सुविधा कटौती गर्न नपाइने प्रावधान रहेको छ । साथै मर्जरका कारण कम्पनीमा काम गर्न इच्छुक नभएका व्यवस्थापकी तथा अन्य तहका कर्मचारीको लागी समेत स्वेच्छिक अवकाश योजना लागू गरेर कर्मचारीलाई बिदाई गर्न सकिने प्रावधान समेत बीमा समितिले परिपत्रमा उल्लेख गरेको छ । यसअघिको परिपत्रमा यसबारे केही उल्लेख गरिएको थिएन ।
यसअघि असार ६ गते जारी गरिएको परिपत्रमा मर्जर कमिटीमा बीमकको संचालक समिति अध्यक्ष वा लेखा समिति संयोजक सदस्य हुन नपाउने व्यवस्था घोषणा गरेकोमा सोमबार यसमा संशोधन गर्दै यी दुई जिम्मेवारीमा रहेका संचालक समितिका सदस्य पनि मर्जर कमिटीमा सदस्य रहन पाउने बाटो खुल्ला गरेको हो ।

सम्बन्धित समाचार