free website hit counter

मर्जर प्रक्रियालाई टुंग्याउँदै युनाइटेड र अजोड इन्स्योरेन्स

beemaadmin
२०८० बैशाख ५, मंगलवार

काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले एक आपसमा मर्जर हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन्। यी दुबै इन्स्योरेन्सले बैशाख २५ गते, सोमबार सभा बोलाएका हुन्। युनाइटेड इन्स्योरेन्सको साधारण सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने अजोड इन्स्योरेन्सको सभा यूनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स ८२.५० बराबर १०० अनुपातमा मर्ज हुने, मर्जरपश्चात यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने, मर्जर तथा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ। विशेष साधारण सभा प्रयोजनार्थ यूनाइटेड इन्स्योरेन्सले बैशाख १३ गते बुकक्लोज गर्नेछ भने अजोड इन्स्योरेन्सले बैशाख १२ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार सो दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार