काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभाले सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।
काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा सम्पन्न विशेष साधारणभाले जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सबीच मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। यसका साथै मर्जपछि कम्पनीको नाम सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावसमेत सभाले पारित गरेको छ।