सर्लाही। शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्रभु बैंक लिमिटेडले सर्लाहीको मलंगवा नगरपालिका– ९ स्थित मलंगवामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको २०१औं शाखाको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे । कार्यक्रममा साहले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताउँदै प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।